नेपाली आमाको घर संसारकै अचम्म | Single Stone house of Nepal

मेरो सभ्यताले तपाईं सम्बोधन गर्नु पर्छ मैले तर आत्मियताले मैले तिमी सम्बोधन गर्दैछु तिमी यसलाई अनादर नसम्झिनु है !!! भोलिबाट तिमी हाम्रो घरकी स्थाई सदस्यको रुपमा प्रबेश गर्दैछौ । म जहाँ जन्मेर हुर्के आज सम्म मेरो हो भनेर दाबी गरिरहेकी छु त्यो घर मेरो हैन तिम्रो हुनेछ । मैले हिलो खेलेर हुर्केको माटो तिम्रो हुनेछ । मैले गट्टी खेलेको प्रत्येक ढुङगाहरु अब तिम्रो हुनेछ । आज सम्म मैले मेरो भनेर जे जे सजाए, आफ्नो भागमा राखे त्यो सबै सबै तिम्रो हुनेछ र म यो सबै सबै तिमिलाई सुम्पिन चाहन्छु । छोरी भएर मैले जे जे पाए, पाईरहेकि छु र छोरी हुनुको हक त्यो पनि सबै दिन चाहन्छु तर तिमिले पनि आफूले एउटा छोरी हुनुको कर्तब्य निभाउनु पर्छ । हामीमा केहि फरक छैन आज तिमी मेरो घरमा जसरी आइरहेकी छौ । आफ्नो बाकी जिन्दगीको हिस्सा यहि बिताउछु भनेर भोलि म पनि त्येसरी नै जानेछु अर्काको घरमा आफ्नो बाकी जिन्दगिका सारा हिस्सा बिताउन ।